| मङ्लबार, कार्तिक २४, २०८३

लार्के पास गर्न गएका दुई बिदेशी नागरिक बिरामी परे, हेलि उद्धार असफल

लार्के पासका लागी मनास्लु क्षेत्र पुगेका दुई बिदेशी नागरिक बिरामी भएका छन् । अमेरिकी नागरिक ४२ बर्षीय पायाम जोहनगिरी र ताइवानका ६८ बर्षीय नागरिक लिनसेन्ड चियस बिरामी परेका हुन् । हाइ अल्टिच्यूडका कारण लेक लागेर उनीहरु बिरामी परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

‘ताइनवानका नागरिक वुधवार राती धर्मशाला पुगेर बिरामी परेका हुन्,’ प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले भने, ‘बिरामी भएपछि राती नै सामागाउँ झरेर बसे ।’ अमेरिकी नागरिक भने बिहीवार बिहान बिरामी परेको उनले जानकारी दिए । बिहीवार हेलिक्टरबाट उनीहरुको रेक्यू गर्न खोजिएपनि सफल नभएको डिएसपी श्रेष्ठले जानकारी दिए ।

‘रेक्यूका लागी उनीहरुले हेलिकप्टर माग गरे, स्वीकृत पनि भइसकेको थियो, तर खराव मौसमका कारण हेलि उड्न सकेन,’ श्रेष्ठले भने । मौसम खुलेलगतै हेलिबाट उनीहरुको उद्धार गरिने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्