| मङ्लबार, कार्तिक २४, २०८३

नारेश्वरका राजेश परियार पुर्पक्षका लागि थुनामा

सवारी ज्यान मुद्दाका प्रतिवादी राजेश परियार पुर्पक्षका लागि कारागार चलान भएका छन् । बुधबार जिल्ला अदालत गोरखाको आदेशले परियारलाई कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

परियारले चलाएको बा ९१ प ४५८ नंम्बरको मोटरसाईकल गत फागुन १९ गते सिरानचोक गाउँपालिका वडा नं ७ भालुस्वाँरा स्थित सडकखण्डमा अनियन्त्रित भई पल्टिन गई दुर्घटना भएको थियो ।

सो दुर्घटनामा परि सोही मोटरसाईकलको पछाडि सवार सिरानचोक गाउँपालिका वडा नं ६ नयाँसाघु बस्ने २७ बर्षीय मिलन थापा मगर घाईते भई मगरलाई उपचारको लागि गोरखा अस्पताल ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।

मोटरसाईकल चालक परियारलाई गत फागुन २० गते नै पक्राउ गरी उनी विरुद्ध सवारी ज्यान कसूर शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यलय गोरखाका डिएसपी रमेश कुमार श्रेष्ठले जानकारी दिए । उनलाई अदालतको बुधबारको आदेशले पुर्पक्षको लागि कारागार थुनामा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्