
जवरजस्ती करणीको आरोपमा पक्राउ परेका बस्नेत कारागार चलान
जवरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका गोरखा नगरपालिका–११ स्थित बाह्रकिलोका इश्वर बस्नेत कारागार चलान भएका छन् । ४१ बर्षीय बस्नेतलाई गोरखा जिल्ला अदालतले मंगलवार पुर्पक्षका लागी कारागार चलान गर्न आदेश दिएको हो ।
आफूले संचालन गरेको होटलमा काम गर्ने २२ बर्षीय युवतीलाई गत फागुन १५ गते जवरजस्ती करणी गरेको भन्दै जाहेरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनी बिरुद्ध जवरजस्ती करणी कसूर शीर्षकमा मुद्दा दर्ता भइ थप अनुसन्धान भइरहेको थियो । मंगलवार अदालतको आदेशले उनलाई कारागार पठाइएको डिएसपी रमेशकुमार श्रेष्ठले बताए ।




