| मङ्लबार, कार्तिक २४, २०८३

सभ्य तरिकाले होली मनाउन जिल्ला प्रहरी कार्यालय गोरखाको आग्रह

जिल्ला प्रहरी कार्यालय गोरखाले चैत ११ गते परेको होली पर्व सभ्य तरिकाले मनाउन आम सनैसाधरणलाई आग्रह गरेको छ । हिन्दु धर्मालम्बीहरुको पर्व मध्यको एक फागू पूर्णिमा भड्किलो तरिकाले नमनाउन आग्रह गरिएको हो । प्रहरीले आत्मिय रुपमा नजिक भएका व्यक्ति वा आफन्तहरु सँग मात्र होली खेल्न भनेको छ ।

होली पर्वको नाममा जाँडरक्सीको सेवन गरी उशृङखल कार्य नगर्न आग्रह गरेको छ । ध्वनी प्रदुषण हुने गरी र मानव स्वास्थ्यमा प्रतिकुल असर पार्ने खालको बाजा, माईक, असभ्य र अश्लिल गित तथा ध्वनीहरु नबजाउन साथै साँझ अबेला सम्म होली नखेल्न पनि आग्रह गरिएको छ ।

कसैको ईच्छा विपरीत रंग, लोला, मोबिल, केमिकल र फोहोर पानी नफाल्न, महँगा गरगहना लगाई होली नखेल्न, ट्राफीक नियमको पूर्ण रुपमा पालना गर्न, मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउन, रेलिङ नभएको छत, सडक, तथा भिडभाड हुने जोखिमपुर्ण स्थानमा होली नखेल्न भनेको छ ।

यस्तै गाँजा भाङ तथा कुनै किसिमको नशालु पदार्थ सेवन गरी सार्वजनिक शान्ती सुरक्षा र व्यवस्थालाई असर पुग्ने कार्य नगर्न आग्रह गरिएको छ । यस्ता कार्य गरेमा प्रचलित कानून बमोजिम कारवाही हुने चेतावनी समेत दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्