| मङ्लबार, कार्तिक २४, २०८३

शहिद लखनमा सोलार लिफ्टिङ खानेपानी आयोजना संचालन

शहीदलखन गाउँपालिका–५ काहुलेमा सोलार लिफ्टिङ खानेपानी आयोजना निर्माण भएको छ । पालिकाको १८ लाख ९४ हजार र रिन्यूयवल वल्ड नेपाल नामक संस्थाको २५ लाख लागतमा आयोजना निर्माण भएको हो । पालिकाको आर्थिक र प्राविधिक सहयोग रहेको उक्त आयोजनामा गोरेटो गोरखाले समेत सहजिकरण गरेको थियो ।

आयोजनाबाट करिव ४४ घरधुरी लाभान्वित हुने वडा नम्वर ५ का अध्यक्ष यमबहादुर राना मगरले बताए । आयोजनाको बुधवार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । पालिका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अघिकृतले संयुक्त रुपमा आयोजनाको उद्घाटन गरेका हुन् ।

आयोजना बनेसँगै खानेपानी वितरणमा सहज हुने बताइएको छ । ‘सोलार बिद्युतभन्दा कम खर्चिलो हुन्छ’, वडाध्यक्ष मगरले भने, ‘विद्युत नआउँदा पनि यसले काम गर्ने हुँदा निकै सहज हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्