
सुरक्षा निकायलाई एचआइभी सम्बन्धी अभिमुखिकरण
जनपथ र सशस्त्र प्रहरीलाई लक्षित गरी जिल्लामा एचआइभी भाइरस सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरिएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको आयोजना तथा स्वास्थ्य कार्यालय गोरखाको समन्वयमा कार्यक्रम भएको हो । दुई दिनसम्म चल्ने कार्यक्रममा २६ जना सुरक्षाकर्मीको सहभागीता रहेको छ ।
जनपथ र सशस्त्र प्रहरी समुदायको नजिक रहेर काम गर्ने भएकाले पनि उनीहरुलाई लक्षित गरेर कार्यक्रम संचालन गरिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका जनस्वास्थ्य अधिकृत कमल रानाभाटले बताए । कार्यक्रममा एचआइभिको वर्तमान अवस्था र नियन्त्रणमा प्रहरीको भुमिकाबारे जानकारी गराइएको थियो ।
समाजमा एचआइभी संक्रमितले खेप्नु परेको विभेद र हिंसा न्युनिकरणबारे पनि अभिमुखिकरण गराइएको थियो । स्वास्थ्य कार्यालयका प्रमुख यामप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य र्निदेशनालय गण्डकी प्रदेशका जनस्वास्थ्य निरिक्षक ज्ञानबहादुर बिसि, जनस्वास्थ्य अधिकृत कमल रानाभाट, गोरखा अस्पतालका सल्लाहकार चिकित्सक बिजय शर्मा लगायतले सहजीकरण गरेका थिए ।




