
सुरक्षा निकायलाई अग्नि नियन्त्रक सामग्री वितरण
डँढेलो नियन्त्रणमा सघाउ पु¥याउने उद्देश्यले जिल्लाका तीन वटै सुरक्षा निकायलाई अग्नि नियन्त्रक सामग्री वितरण गरिएको छ । डिभिजन वन कार्यालय गोरखाले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई सामग्री वितरण गरेको हो ।
जेट सुटर, स्वाटर, रेक हो, सेफ्टी हेलमेट लगायतका सामग्री वितरण गरिएको कार्यालयका सूचना अधिकारी महेश पौडेलले बताए । वुधवार एक कार्यक्रमका बीच प्रमुख जिल्ला अधिकारी भोला दाहालले सुरक्षा निकायका प्रमुखहरुलाई सामग्री हस्तान्तरण गरेका हुन् । डँढेलो रोकथामका लागि ‘एक्सन प्लान’ समेत निर्माण भएको छ ।
बुधवार बसेको जिल्ला वन सुरक्षा समन्वय समितिको बैठकले डढेलो नियन्त्रणका लागी जिम्मेवारी बाँडफाँड समेत गरेको छ । वन अधिकृतको संयोजकत्वमा सुरक्षा निकायको प्रतिनिधित्व रहने गरी वन डढेलो नियन्त्रण समन्वय समिति पनि गठन गर्ने निर्णय भएको बताइएको छ ।




