| मङ्लबार, कार्तिक २४, २०८३

मगर समाज सेवा समितिको २६ औँ स्थापना दिवस मनाइयो

नेपाल मगर संघ, मगर समाज सेवा समिति गोरखा नगरपालिका वडा नं. ५ र ७ को २६ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।स्थापना दिवसको अवसरमा संस्थाका जेष्ठ नागरिक रामकुमारी राना मगर र नुङ्गाबहादुर थापा मगरलाई प्रशंसा पत्र दिई दोसल्ला उडाएर सम्मान गरिएको संघका केन्द्रीय समितिका सदस्य विष्णु राना मगरले बताए ।

सोही अवसरमा २०७९ सालको एसईईमा मगर समुदायभित्रका उत्कृष्ट तथा जेहेन्दार ३ जना विद्यार्थीहरुलाई पुरस्कृत गरिएको उनले जानकारी दिए । श्रेया राना मगर, कृतिमा थापा मगर र अजय भुसाल राना मगरलाई दुई/दुई हजारका दरले नगद पुरस्कार समेत प्रदान गरिएको छ ।

साथै आर्थिक अवस्था कमजोर भएको थप तीन जनालाई स्टेशनरी सामग्री वितरण गरिएको उनले बताए । स्टेशनरी सामग्रीमा कापी, कलम, जोमेट्री बक्सलगायत सामग्रीहरु रहेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य रानाले गोरखामा हुने आसन्न मगरको राष्ट्रिय सम्मलेनको तयारीमा जुट्न पनि सबैलाई आग्रह गरेका छन् ।

संस्थाका अध्यक्ष लोकबहादुर थापा मगरको अध्यक्षता एवम् मगर संघ केन्द्रिय समितिका सदस्य विष्णु राना मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पूर्व अध्यक्षद्वय रामबहादुर थापा मगर ,भक्तराम राना मगर, विष्णु बहादुर थापा मगर र संस्थाका उपाध्यक्ष रोलक बहादुृर रानामगरले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्