| मङ्लबार, कार्तिक २४, २०८३

मोवाइल चोरेको आरोपमा एक युवक पक्राउ

मोवाइल चोरी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारपाक सुलिकोट गाउँपालिका–८ घर भई हाल गोरखा नगरपालिका वडा नम्वर ६ पुरानो बसपार्क बस्ने सुमन बराम रहेका छन् । २१ वर्षीय उनलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

गत फागुन २५ गते गोरखा नगरपालिका–५ पस्लाङस्थित कैलाश आलेको घरको कोठाबाट आइफोन एक्स मोबाइल चोरी भएको थियो । चोरी गरेको आशंकामा बरामलाई पक्राउ गरी खानतलासी गर्दा उनको साथबाट हराएको मोवाइल भेटिएको डिएसपी रमेशकुमार श्रेष्ठले बताए ।

आइतवार पक्राउ परेका उनलाई चोरी चोरी कसूर शीर्षकमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको श्रेष्ठले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भईरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्