| मङ्लबार, कार्तिक २४, २०८३

स्वास्थ्य सेवा शुल्कमा छुट दिने गरी सम्झौता

सानिमा बैंक गोरखा शाखाका कर्मचारी र ग्राहकले संगम मेडिहेल्थ क्लिनिकबाट पाउने स्वास्थ्य सेवा वापत तिनुपर्ने शुल्कमा २० प्रतिशत छुट पाउने भएका छन् ।

कर्मचारी र ग्राहकसँगै उनीहरुका परिवारले पनि सो सेवा पाउने गरी आइतवार दुई पक्षबीच सम्झौता भएको छ । बैकका गोरखा शाखा प्रमुख गणेश मल्ल र क्लिनिकका संचालक संगम श्रेष्ठ बीच सम्झौता भएको हो ।

क्लिनिकबाट प्रवाह हुदै आएको ल्याव, भिडियो एक्स–रे, एक्स–रे, इको, इसिजी, एनोमोली स्क्यान, शरिरको जुनसुकै ठाउँको स्क्यान, ल्याव टेष्ट, डेन्टल, फिजियोथेरापी, होल बडी चेकअप लगायतका सेवा वापत लाग्ने शुल्कमा २० प्रतिशत छुट दिइने श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्