
वार्षिकउत्सवको उपलक्ष्यमा मानवसेवा आश्रमलाई नगद सहयोग
नेशनल लाईफ इन्सुरेन्सको ३७ औँ वार्षिकउत्सव देशभरिका सबै शाखाहरुले विभिन्न कार्यक्रम गरी मनाएको छ । नेशनल लाईफ इन्सुरेन्स गोरखा शाखाले पनि आफ्नो वार्षिक उत्सवमा मानवसेवा आश्रम गोरखालाई सहयोग गरेर मनाएको शाखा प्रमुख सन्तोष दवाडीले जानकारी दिए ।
शाखाले मानव सेवा आश्रमलाई नगद र खाद्य सामाग्री सहयोग गरेको दवाडीले बताए ।
देशैभरका ११७ शाखा कार्यालयहरुले विभिन्न कार्यक्रम गरेर वार्षिकउत्सव मनाएकोमा गोरखा शाखाले भने आश्रमलाई सहयोग गरेर वार्षिकउत्सव मनाएको उनको भनाई छ । आउदो दिनहरुमा पनि समाजलाई हितहुने कार्यक्रमहरु गरेर वार्षिकउत्सव मनाउने शाखा प्रमुख दवाडीले बताए ।




