| मङ्लबार, कार्तिक २४, २०८३

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी भीमसेन थापा गाउँपालिका–५ का चित्रप्रसाद भट्ट पक्राउ परेका छन् । ३७ बर्षीय उनलाई मंगलवार पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भट्टले अर्थ मुभर्स प्रालिबाट जेसिभी पाटर््स खरिद गरी रकम भुक्तानीका लागि दिएको चेक सटही नभएपछि उनी बिरुद्ध जाहेरी परेको थियो ।

‘भट्टले आफू संचालक रहेको नवप्रभात निर्माण सेवा प्रालिको नामको मेगा बैंकको १ लाख ९ हजार ६३६ रुपैयाँ बराबरको चेक काटेर दिएका रहेछन्,’ प्रहरी निरीक्षक शेखर खड्काले भने, ‘चेक साँट्न जाँदा खातामा पर्याप्त रकम नभएको भनी चेक अनादर भई फिर्ता भएपछि कारबाहीको माग गर्दै अर्थ मुभर्स प्रालिका कृष्णप्रसाद तिवारीले जाहेरी दिनुभयो ।’

जाहेरी प्राप्त भएपछि भट्ट बिरुद्ध बैकिङ कसुर शीर्षकमा मुद्दा दर्ता भई खोजी कार्य जारी थियो । मंगलवार उनलाई गोरखा नगरपालिका वडा नम्वर ६ आसपासबाट पक्राउ गरिएको र हिरासतमा राखेर थप अनुसन्धान भइरहेको खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्