
सुनचाँदी, हार्डवयर र खाद्यान्न पसलहरुको अनुगमन गरियो
जिल्ला सदरमुकाममा रहेका सुनचाँदी, हार्डवेयर र खाद्यान्न पसलहरुको अनुगमन गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेल संयोजकत्वको बजार अनुगमन समिति र गुणस्तर तथा नापतौल कार्यालय पोखराले संयुक्त रुपमा बजार अनुगमन गरेका हुन् ।
‘गुणस्तर तथा नापतौलसँग सम्बन्धित रहेर बजार अनुगमन ग¥यौ,’ सहायक प्रजिअ पौडेलले भने, ‘त्यस्तो कैफियत केही देखिएन ।’ उपभोक्तामा जनचेतना बढ्दै गएको र व्यापारी पनि सचेत हुदै गएको पाइएको उनले जानकारी दिए । चाडवाड लक्षित मात्र हुने गरेको बजार अनुगमनले केही समययता भने निरन्तरता पाउँदै आएको छ ।




