
बिद्यार्थीलाई न्यानो कपडा वितरण
जाडो बढ्दै गएपछि गोरखा नगरपालिका वडा नं ११ को चन्द्रज्योती आधारभूत विद्यालय र भुराजवृक्ष आधारभूत विद्यालयका बिद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । विभिन्न संघ संगठनमा आबद्ध सहयोगदाताहरुले त्यहाँका ९७ विद्ययार्थीहरुलाई न्यानो कपडा वितरण गरेका हुन् ।
जाडो मौसमलाई मध्यनजर गर्दै ट्रयाकसुट पनि वितरण गरिएको सहयोगीदाता मध्येका एक किशोरजंग थापाले बताए । बिहीवार एक कार्यक्रमका बीच बिद्यार्थीहरुलाई कपडा वितरण गरिएको हो । गण्डकी प्रदेश सभा सदस्य नन्दप्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बिद्यार्थी, अभिभावक, शिक्षक लगायतको सहभागीता रहेको थियो ।




