| मङ्लबार, कार्तिक २४, २०८३

माछीखोलामा बेमौसमी तरकारी खेतीका लागि कृषि सामग्री वितरण

धार्चे गाउँपालिकाको माछीखोलामा बेमौसमी तरकारी खेतीका लागि आवश्यक कृषि सामग्री वितरण भएको छ । धार्चे गाउँपालिकाको आयोजना र हाम्रो साहरा फाउण्डेशन नेपालको साझेदारी र सहयोगमा सामग्री वितरण गरिएको हो ।

बेमौसमी तरकारी खेती गर्न इच्छुक ४५ घरधुरीका कृषकलाई टनेल, प्लाष्टिक, थोपा सिचाईका सेट तथा गोलभेडा र भेडे खुर्सानीको बिउ बितरण गरिएको पालिकाले जनाएको छ ।

पालिकाको तीन लाख र साहरा फाउण्डेसनको दुई लाख ५० हजार रकमबाट कृषि सामग्री खरिद गरिएको हो । मंगलवार एक कार्यक्रमका बीच किसानहरुलाई उक्त सामग्री हस्तान्तरण गरिएको छ ।

फाउण्डेशनका अध्यक्ष कल्पना श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङ, कृषि शाखाका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो । उक्त सामग्रीको प्रयोगबाट कृषकलाई बेमौसी तरकारी खेती गर्न सहयोग पुग्ने अपेक्षा समेत गरिएको छ । कार्यक्रमकै अवसरमा किसानहरुलाई बेमौसमी तरकारी खेतीबारे अभिमुखिकरण समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्