| मङ्लबार, कार्तिक २४, २०८३

छैठौँ स्थापना दिवसमा एम्बुलेन्स चालक संघद्रारा बिरामीलाई फलफूल वितरण

छैठौँ स्थापना दिवसको अवसरमा संयुक्त एम्बुलेन्स चालक संघ ट्रेड युनियन जिल्ला शाखाले गोरखा अस्पतालमा उपचारत बिरामीहरुलाई फलफूल वितरण गरेको छ ।

बिहिबार बिहान आयोजित एक कार्यक्रमका बीच संघले अस्पतालको अन्तरङ्ग कक्षमा उपचाररत बिरामीहरुलाई फलफलु बितरण गरेको संघका कोषाध्यक्ष कमल बसेलले जानकारी दिए ।

उपचाररत ४५ जना बिरामीलाई फलफूल वितरण गरिएको उनले बताए । बिरामीहरुलाई स्याउ, सुन्तला, अनार लगायतका फलफूल बितरण गरेको बसेलले बताए ।

चालक संघ गोरखाका अध्यक्ष बिष्णु नेपालीको अध्यक्षतामा सम्पन्न फलफूल वितरण कार्यक्रममा संघका सचिव चित्र थापाले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए । कार्यक्रममा अस्पतालमा मेडिकल सुपरीटेण्डेण्ट डाक्टर सिद्धार्थ खनाल, अस्पताल सञ्चालक समितिका अध्यक्ष लालप्रसाद श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्