| बुधबार, कार्तिक २५, २०८३

न्हान्सी तमू समाज नेपालको सह—कोषाध्यक्षमा गोरखाका तिलक गुरुङ

गुरुङ समुदायको विभिन्न थरहरु मध्यको एक न्हान्सी गुरुङको नेतृत्वदायी संस्था न्हान्सी तमू समाज नेपालको केन्द्रीय अध्यक्षमा लमजुङका सुवेदार गणेश बहादुर गुरुङ चयन भएका छ । शनिबार पोखरामा सम्पन्न समाजको प्रथम राष्ट्रिय महाधिवेशनले अध्यक्षमा गुरुङलाई चयन गरेको हो ।

महाधिवेशनले गुरुङको नेतृत्वमा ७ सदस्य पछि थप गर्ने गरी १९ सदस्यीय न्हान्सी तमू समाज नेपालको केन्द्रीय समिति चयन गरेको हो । समितिको अन्य पदाधिकारीहरुमा प्रथम उपाध्यक्ष सोमबहादुर गुरुङ (कास्की), द्वितीय उपाध्यक्ष लालबहादुर गुरुङ (लमजुङ), तृतीय उपाध्यक्ष चित्र सोल्टी गुरुङ (चितवन), महासचिव लेखबहादुर गुरुङ (कास्की), सचिव मिश्रा गुरुङ (सुनसरी) कोषाध्यक्ष जालुमाया गुरुङ (कास्की) र सहकोषाध्यक्ष तिलक गुरुङ (गोरखा) चयन भएका छन् ।

यस्तै सदस्यहरुमा श्रीप्रसाद गुरुङ (कास्की), नयन्द्र गुरुङ (सुनसरी), प्रेम बहादुर गुरुङ (लमजुङ) र सुवेदार कमल बहादुर गुरुङ (लमजुङ) चयन भएका छन् भने बाँकी ७ सदस्य पछि कार्यसमितिले चयन गर्ने समाजका नव गठित कार्यसमितिका महासचिव लेख बहादुर गुरुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्