| बुधबार, कार्तिक २५, २०८३

कालिका महिला बचत तथा ऋण सहकारी सस्था लि को साधारणसभा सम्पन्न

शनिवार कालिका महिला बचत तथा ऋण सहकारी सस्था लिमिटेड नयाँबजार छिपिटोलको बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

गोरखा नगरपालिका वाड न ७ मा रहेकोे सहकारीको २६औ बार्षिक साधारण सभा तथा १३ औ अधिवेशन सम्पन्न भएको हो । सहकारीकी अध्यक्ष निर्मला श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको सभा तथा अधिवेशनले सचिब र कोषाध्यक्षको प्रतिवेदन पास गर्दै नयाँ कार्यसमिती चयन गरेको छ ।

शनिबार सम्पन्न अधिबेसनबाट ११ सदस्ययी कार्यसमिति चयन भएका छन् । नयाँ कार्यसमितिको अध्यक्षमा पुन निर्मला श्रेष्ठ चयन भएकी छिन् । संस्था सञ्चालनको लागि अवश्यक लेखा सुपरीवेक्षण, ऋण उपसमिति, शिक्षा उपसमितिसहित तीनवटा उपसमिति गठन गरेको ऋणउप समितीकी संयोजक ज्ञानु अधिकारी अर्यालले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्