| बुधबार, कार्तिक २५, २०८३

बारपाक सुलिकोटको दुर्गम विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण

गोरखा बारपाक सुलिकोटको सामुदायिक बिद्यालयमा अध्ययरत दुर्गम गाउँका किसान परिवारका बिद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरिएको छ । गाउँ वातवरण नेपालका संस्थापक एवम पर्यटन व्यवसायी ठाकुर धितालले बारपाक सुलिकोट गाउँपालिका वडा नं ३, ४ र ७ नं वडाका ७०० विद्यार्थीहरुलाई न्यानो ट्रयाक सुट र टोपि वितरण गरिएको हो ।

कन्यादेवि, शिब, बर्दिडाँडा, थानी, उलाजुङ, बाह्रमूले, अकला, स्तुल, बालकौरी, मण्डली, बागेश्वरी, भानु आधारभूत बिद्यालय लगायतका १२ वटा बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई भेन कृषि सहकारी संस्था लिमिटेडको संमन्वयमा बाक्लो ट्रयाकसुट र टोपी बितरण गरिएको अभियानका संयोजक नरबहादुर गुरुङले बताए ।

ईसिडी देखी कक्षा ५ सम्मका विद्यार्थीहरुलाई उक्त सामाग्री बितरण गर्दा करिव ९ लाख बरावर खर्च भएको उनले जानकारी दिए । गाउँपालिका अध्यक्ष विष्णु प्रसाद भट्टको प्रमुख आतिथ्यतामा गरिएको कार्यक्रममा उपाध्यक्ष सन माया गुरुङलगायत वडाध्यक्षहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्