
गोरखाका ५ विद्यालयलाई साढेँ दुई लाख बरावरको न्यानो कपडा र शैक्षिक सामाग्री बितरण
गोरखा नगरपालिका–१३ को मझुवा देउराली क्षेत्रमा रहेको पाँच वटा विद्यालयलाई न्यानो कपडा र शैक्षिक सामाग्री बितरण गरिएको छ । नेपाली सुत्रपात नामक गैर सरकारी संस्थाले बालबालिकाहरुको शिक्षा र स्वास्थ्यमा सहयोग पु¥याउनका लागी साढेँ दुइ लाख बराबरको सामग्री वितरण गरिएको संस्थापक उपाध्यक्ष मनोजवावु अधिकारीले बताए ।
पाँच वटा विद्यालयका २१९ जना बालबालिकाहरुलाई उक्त सामाग्री बितरण गरिएको उनले जानकारी दिए । ईसिडी देखी कक्षा ५ सम्मका बिद्यार्थीहरुलाई स्विटर, टोपी, ट्रयाकसुट, मोजा, जुत्ता, खेलौना र कपीहरु बितरण गरिएको उनले बताए ।
वडा नं. १३ को मझुवा देउरालीमा रहेको फुलबारी, कर्म सिंह र बनदेवी प्राथामिक विद्यालय तथा रामशाह आधारभूत र रामशाह उच्च माध्यामिक विद्यालयमा अध्ययनरत विद्यालर्थीलाई सामग्री बितरण गरिएको संस्थाले जनाएको छ ।
रामशाह माविका विद्यार्थीलाई ट्रयाकसुट, जुक्ता मोजा र खेलौना सहयोग गरिएको संस्थाका उपाध्यक्ष अधिकारीले जानकारी दिए । अन्य विद्यालयका विद्यार्थीलाई स्वीटर, टोपी, जुत्ता, मोजा, कापि र खेलौना सहयोग गरिएको छ । अधिकारीको पहलमा आइतबार र सोमबार दुई दिनमा वडा नम्वर १३ का विद्यालयहरुमा सामाग्री बितरण गरिएको हो ।




