
बगुवामा आजदेखि तीनदिने निशुल्क स्वास्थ्य शिविर
गोरखाको भिमसेनथापा गाउँपालिकामा निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । गाउँपालिका कार्यालय, किमोलुङ फाउन्डेसन नेपाल र करुणा मेडिकल ईन्टरनेशनलको सहकार्यमा शिविर हुन लागेको हो । शिविर यही पुष २३ गतेबाट सुुरु भई २५ गते सम्पन्न हुनेछ ।
तीन दिनसम्म चल्ने शिविरमा छाला सम्बन्धि समस्या, नसा ताथ हाडजोर्नी सम्बन्धि समस्या, अकुपंचर सेवा, हात खुट्टामा खिल पल्टेको , कोठी पलाएको, मुसा पलाएको उपचार लगायत अन्य सामान्य जाँच तथा उपचार हुने गाउँपालिकाले जनाएको छ । शिविर भिमसेनथापा गाउँपालिका १ को खान्चोक स्वास्थ्य चौकी, घ्याम्पेशालमा हुने पालिकाले जनाएको छ ।




