| बुधबार, कार्तिक २५, २०८३

भू–राज वृक्ष आधारभूत विद्यालयलाई झोला र न्यानो कपडा वितरण

गोरखा नगरपालिको वडा नं ११ को नयँ गाउँ बडहरेमा रहेको भू–राज वृक्ष आधारभूत विद्यालयलाई झोला र न्यानो कपडा वितरण गरिएको छ । किवानिज क्लब अफ स्यम्भु नेपाल, काठमण्डौं नामक संस्थाले ५ औ स्थापना दिवस अवसरमा विद्यालयलाई व्याग र सिईटर वितरण गरेका हुन् ।

क्लवले ‘सर्भिङ द चिल्डून अफ द ओल्ड’ भन्ने उदेश्यले विद्यालयलाई ३६ वटा झोला र ३६ वटा सुईटर वितरण गरिएको वडा नं ११ का वडा सदस्य रेन कुमार थापा मगर ले बताए । कार्यक्रममा क्लबका अध्यक्ष प्रशान्त गिरीले आउँदो दिनहरूमा पनि बालवालिकाहरूको हंक हितका सम्वन्धि क्रियाकलापहरू गर्ने बताए ।

क्लबका अध्यक् गिरीको अध्यक्षता र वडा नं ११ का वडा सदस्य रेन कुमार थापा मगरको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । क्लवले विभिन्न समयहरूमा देशैभरीको विभिन्न स्थलहरूमा परोपकारी कार्यहरू गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्