| बुधबार, कार्तिक २५, २०८३

आयुर्वेदिक घुम्ती शिविरबाट २५० जना लाभान्वित

गोरखाको पालुङटार नगरपालिका वडा नं ३ आँपपिपल डुम्रेडाँडामा सम्पन्न आयुर्वैद घुम्ती शिविरबाट २५० जनाले स्वास्थ्य लाभ लिएका छन् । आयुर्वैद शाखाको आयोजनामा मंगलबार सम्पन्न शिविरबाट विभिन्न रोगका २५० जनाले सेवा लिएको आयुर्वेद शाखाले जानकारी दिएको छ । उक्त शिविरमा आँखाको जाँच पनि भएको थियो ।

शिविरबाट आयुर्वेदतर्फ १३६ र आँखा जाँचतर्फ ११४ गरी २५० जनाले सेवा लिएको शाखाका प्रमुख हितकाजी श्रेष्ठले जानकारी दिए । आँखा जाँचको क्रममा १० जनाको मोतियाबिन्दुको शल्यक्रिया गर्नुपर्ने देखिएको श्रेष्ठले बताए । उनीहरुलाई शल्यक्रियाको लागि सिफारिस गरिएको छ ।

शिविर वडा नम्बर ३ को शहरी स्वास्थ्य केन्द्रमा आयोजना गरिएको थियो । पालुङटारको सबै वडामा घुम्ती शिविर सञ्चालन गर्ने तयारी भईरहेको श्रेष्ठले बताए । सोही कार्यक्रम अन्तर्गत पुस २३ गते सोमबार वडा नम्बर ८ को धुवाकोटमा घुम्ती शिविर सञ्चालन गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्