
सहिद लखनको हुक्का वनदेखि खगीसम्मको सडक दैनिक पाँचघण्टा बन्द
हिद लखन गाउँपालिकाको केन्द्र जोड्ने नाम्जुङ घैरुङ तिनमाने मनकामना ढाँडवारी रामशाहघाट सडकखण्ड अन्तरगतको हुक्का वनदेखि खगीसम्मको सडक दैनिक पाँच घण्टा बन्द हुन थालेको छ । मंगलवारबाट बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सो खण्डमा सवारी आवागमनमा रोक लगाइएको हो ।
सडक बिस्तार तथा स्तरोन्नतिका लागि ‘हिल कटिङ’ गर्नुपर्ने भएकाले सवारी आवागमन बन्द गरिएको निर्माण कम्पनी सिनर्जी सचेत जेभीले जनाएको छ ।
यही पुस २६ गतेसम्म सो सडकखण्ड दैनिक पाँच घण्टा बन्द रहने जेभीका किरण श्रेष्ठले बताए । ‘गाउँपालिका र प्रशासन कार्यालयलाई पत्राचार गरेर जानकारी गराइसक्यौ, आवश्यक सहजिकरण गरिदिन भनि भनेका छौ,’ उनले भने ।
जिल्ला प्रशासन कार्यालयले सो क्षेत्रमा आवश्यक सहजिकरण सहित सुरक्षा व्यवस्था मिलाउन भन्दै प्रहरी र जिल्ला टूाफिक प्रहरी कार्यालयलाई पत्राचार समेत गरेको छ ।
आवश्यक सहजिकरण गरिदिनका लागि मंगलवार दुवै कार्यालयलाई पत्राचार गरिएको कार्यालयका प्रशासकीय अधिकृत चुणानिधि तिवारीले बताए ।




