
आरुचनौटे साना किसान कृषि सहकारीको अध्यक्षमा पुनः सत्रुघन श्रेष्ठ
गोरखाको आरुघाट गाउँपालिका ९ मा रहेको आरुचनौटे साना किसान कृषि सहकारी संस्थाको अध्यक्षमा पुन सत्रुघन श्रेष्ठ चयन भएका छन् । शनिबार भएको सहकारीको तेस्रो वार्षिक साधारणसभाबाट श्रेष्ठ अध्यक्षमा चयन भएका हुन् ।
सो सभाबाट श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा इश्वरप्रसाद श्रेष्ठ चयन भएका छन् । समितिको सदस्यहरुमा उदयप्रसाद श्रेष्ठ, गणेशकुमार श्रेष्ठ, हरिप्रसाद श्रेष्ठ, गोपाल विक, ज्ञानमाया श्रेष्ठ, देवका खनाल, सोविता बुढाथोकी र सुशीला नेपाली चयन भएका छन् ।
कार्यक्रममा कोषाध्यक्षको प्रतिवेदन गणेशकुमार श्रेष्ठले, सचिवको प्रतिवेदन उदयप्रसाद श्रेष्ठले र अध्यक्षको प्रतिवेदन सत्रुघन श्रेष्ठले प्रस्तुत गरेका थिए । कार्यक्रममा एक आर्थिक वर्षको कार्यक्रमहरु प्रस्तुत गरी अनुमोदन गरिएको थियो । सो कार्यक्रममा ज्वालामुखी साना किसान सहकारीले साना किसान अनुसरण हस्तान्तरण कार्यक्रम आयोजना सहयोग गरेको थियो ।

साना किसान कृषि सहकारी संघ आरुचनौटेका अध्यक्ष सत्रुघन श्रेष्ठको अध्यक्षता तथा संघका केन्द्रीय अध्यक्ष खेमबहादुर पाठकको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष राजु गुरुङ लगायतका सहकारीका आबद्ध पदाधिकारी, सदस्यहरु, विभिन्न क्याम्पसका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।




