
मुस्लिम समुदायद्वारा नयाँ प्रमुख जिल्ला अधिकारीको स्वागत
हालसालै गोरखाको प्रजिअको कार्यभार सम्हाली आएको प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई गोरखाका मुस्लिम समुदायहरुले स्वागत गरेका छन् ।
शुक्रबार प्रशासन कार्यालयमा एक कार्यक्रमका बीच प्रजिअ दाहाललाई स्वागत गरेका हुन् । कार्यक्रममा गोरखाका मुस्लिम समुदायहरुले जिल्लामा रहेका धार्मिक धरोहरुलाई विशेष कानूनी प्रक्रियाबाट सहयोग गर्नुपर्ने र मुस्लिम संघका विगतमा भएका बाँकी कामहरु सक्न सहयोग गर्न आग्रह गरिएको मुस्लिम संघ गोरखाका अध्यक्ष जमिल मियाँले बताए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भोला दाहालले जिल्लाका मुस्लिम संघको आग्रह स्विकार गर्दै कार्यालयबाट गर्न मिल्ने सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाएका थिए ।
कार्यक्रममा संघका अध्यक्ष जमिला मिया, मुस्लिम इतिहात संगठन गोरखाका अध्यक्ष तथा धर्म गुरु हाफिज सकिल लगायत गोरखा बजार क्षेत्रका मुस्लिम संघका अग्रजहहरुले उपस्थिति रहेको थियो ।




