
कुन्दुरटार पम्पिङ खानेपानी संस्थाको अध्यक्षमा रुद्र सेढाईँ
गोरखा नगरपालिका १२ मा सञ्चालित कुन्दुरटार पम्पिङ खानेपानी तथा सरसफाई आयोजनाको सञ्चालक संस्थाको नेतृत्व रुद्रप्रसाद सेढाईँले सम्हालेका छन् ।
कुन्दुरटार पम्पिङ खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको शुक्रबार सम्पन्न उपभोक्ताहरुको भेलाले सर्वसम्मत रुपमा सेढाईँको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
उपभोक्ता संस्थाको सचिबमा रुपलाल कुमाल, कोषाध्यक्षमा इन्दिरा कुमाल पाठक चयन भएका छन् । त्यस्तै सदस्यहरुमा हिरा अछामी, सूर्यबहादुर कुँवर, हर्कबहादुर कुमाल, सबिता थापा, देब थापामगर र मुना कुमाल चयन भएका छन् ।




