| बुधबार, कार्तिक २५, २०८३

मेलमिलापकर्ताको क्षमता अभिवृद्धिका लागी अन्तरक्रिया कार्यक्रम सम्पन्न

भिमसेन थापा गाउँपालिकामा न्यायिक समिति, प्रहरी र मेलमिलापकर्ताहरु बीच दई दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

पालिका भित्रका मेलमिलापकर्ताहरुको क्षमता अभिवृद्धि गर्नका लागि शनिबार र आइतबार कार्यक्रम भएको हो । कार्यक्रममा जिल्ला न्यायधिवक्ता सुरेन्द्रराज काफ्ले, अधिवक्ता रमेश अधिकारी र घ्याम्पेसाल प्रहरी चौकीका इन्चार्ज ताराप्रसाद पाण्डेले सहजिकरण गरेका थिए ।

उनीहरुले देवानी र फौजदारी कानूनी व्यवस्था, न्यायिक क्षेत्रका क्षेत्राधिकार, मिलापत्र विवाद सम्बन्धी कानून लगायतका बारेमा जानकारी गराएको गाउँपालिका उजुरी प्रशासक प्रदिप भट्टले बताए । कार्यक्रममा गाउँपालिका भित्रका २५ जना मेलमिलाप कर्ता, न्यायिक समितिका सदस्य, जनप्रतिनिधि, प्रहरी लगायतको उपस्थिति रहेको थियो ।

सोहि अवसरमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगतको सचेतनामूलक कार्यक्रम पनि सम्पन्न भएको उनले जानकारी दिए ।

न्यायिक समिति संयोजक एवं गाउँपालिका उपाध्यक्ष अमृता वस्ती भट्टको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जाराको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल, जिल्ला न्यायधिवक्ता सुरेन्द्रराज काफ्ले लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्