| बुधबार, कार्तिक २५, २०८३

दिजबन्धु संस्कृति समाजको १९ औँ वार्षिक साधारण सभा सम्पन्न

दिजबन्धु संस्कृति समाजको १९ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । गोरखा सदरमुकाममा शनिबार एक कार्यक्रमका बीच समाजको वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

साधारणभामा समाजका कोषाध्यक्ष किरण अर्यालले आर्थिक प्रतिवेदन र समाजका सचिव विनोदबाबु अर्यालले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रम समाजको अक्षयकोष दातालाई सम्मान गरिएको थियो ।

समाजका अध्यक्ष कृष्णप्रसाद अर्यालको अध्यक्षता तथा समाजका जेष्ठ नागरिक वैकुण्ठ प्रसाद अर्यालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा समाजका उपाध्यक्ष महेश्वर अर्याल लगायतले मन्तव्य राखेका थिए । समाजले धर्मसंस्कृतिको जर्गेनाका साथै विभिन्न पर्वहरुमा मातापिता सम्मान गर्ने कार्यक्रमहरु आयोजना गरिदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्