
स्थानीय सरकार कार्यक्रम समन्वय समितिको वैठक सम्पन्न
सुरक्षित आप्रवासन(सामी) कार्यक्रम अन्तरगतको स्थानीय सरकार कार्यक्रम समन्वय समितिको वैठक सम्पन्न भएको छ । बारपाक सुलिकोट गाउँपालिका १ बारपाकमा सोमबार समितिको वैठक सम्पन्न भएको हो ।
बैठकमा सामीका कार्यक्रम संयोजक चन्द्र देवकोटाले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । साथै बैठकमा सामी कार्यक्रमको आगामी नीति तथा योजनाहरु, वैदेशिक रोजगारीका बारेमा के कसरी काम गर्ने लगायत बारेमा छलफल भएको उनले बताए ।
त्यस्तै, उक्त वैठकले सुरक्षित आप्रवासन कार्यक्रम संचालन कार्यविधि संशोधन गर्ने र वैदेशिक रोजगारीको प्रोफाइललाई अध्यावधिक गर्ने निर्णय भएको पनि देवकोटाले जानकारी दिए ।
गोरखा नगरपालिकाका प्रमुख कृष्ण रानाको अध्यक्षता तथा गण्डकी प्रदेशका सभामुख कृष्ण धिताल प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पालुङटार नगरपालिका, बारपाक सुलिकोट र सहिदलखन गाउँपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, सामी कार्यक्रमका सम्पर्क व्यक्तिको उपस्थिति रहेको थियो ।




