
गोर्खाली बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा बानियाँ
गोरखा नगरपालिका वडा नं ६, शक्तिचोकस्थित गोरखकाली बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा विदुर बानियाँ चयन भएका छन् । शनिबार सम्पन्न भएको सहकारीको ११ औँ वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशनबाट बानियाँ अध्यक्षमा चयन भएका हुन् ।
अधिवेशवनबाट बानियाँको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । समितिको उपाध्यक्षमा उपाध्यक्षमा कृष्णप्यारा श्रेष्ठ, सचिवमा कुमार तिवारी, कोषाध्यक्षमा तिलकजंग केसी, र सहकोषाध्यक्ष दिपेन्द्र श्रेष्ठ चयन भएका छन् ।
समितिको सदस्यहरुमा कर्णबहादुर गुरुङ, रीता श्रेष्ठ, राजकुमार श्रेष्ठ, अनन्त न्यौपाने, राजेन्द्रकुमार श्रेष्ठ, भगवती कँुवर चयन भएका छन् ।
त्यस्तै, सहकारीको लेखा तथा सुपरिवेक्षण समितिको संयोजक केशवराज रेग्मी र सदस्यहरुमा बाबुराम तिवारी, सञ्जय अधिकारी चयन भएका छन् ।
वार्षिक साधारणसभामा सो सहकारीका अध्यक्ष विदुर बानियाँले संस्थाको वार्षिक प्रतिवेदन र आगामी कार्ययोजना प्रस्तुत गरेका थिए भने निवर्तमान सचिव ठाकुरप्रसाद खनालले सचिव प्रतिवदेन र कोषाध्यष तिलक जंग केसीले कोषाध्यक्ष प्रतिवदेन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा ऋण उपसमितिको प्रतिवेदन, शिक्षा उपसमितिको प्रतिवेदन समेत प्रस्तुत भएका थिए ।
कार्यक्रममा शिक्षासमितिले सेयर सदस्यहरु छोराछोरी शैक्षिक सामग्री पनि वितरण गरिएको सहकारीका सचिव कुमार तिवारीले जानकारी दिए । उनका अनुसार सेयर सदस्यहरुका छोराछोरीहरुमध्य उत्कृष्ट अंक ल्याउने कक्षा ८ श्रावणी जोशी, रिस्ता श्रेष्ठ, आर्जन उपाध्याय र कक्षा १० का अस्मिता श्रेष्ठ, अमन श्रेष्ठ, आयुसी वस्तीलाई शैक्षिक सामग्री वितरण गरेका थिए ।
त्यस्तै, सहकारीले असल ऋणीलाई पनि सम्मान गरेका छन् । इश्वरी राना, पुनम रानामगर र सनोद श्रेष्ठलाई दोसल्ला ओढाइ प्रमाणपत्रले सम्मान गरिएको उनले बताए । कार्यक्रमलाई सहकारीका निवर्तमान सचिव ठाकुर खनालले सहजीकरण गरेका थिए ।




