
पेशागत बचत तथा ऋण सहकारीको संस्था वार्षिक साधारण सभा सम्पन्न
गोरखा सदरमुकाममा रहेको पेशागत बचत तथा ऋण सहकारी संस्थाको १२ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
शनिबार सहकारीको वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
सहकारीका अध्यक्ष मन्जु अर्यालको अध्यक्षता तथा गोरखा नगरपालिकाकी उपप्रमुख मसली माया थोकरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सचिव कृष्ण आले, सहसचिव तथा सो सहकारीका पूर्वअध्यक्ष लुमनाथ लामिछानेलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । साथै टे«ड युनियन कांग्रेसका अध्यक्ष शिवबहादुर थापा, शिक्षक संघ जिल्ला समितिकी उपाध्यक्ष शर्मिला ढकाल लगायतले कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा सहकारीका कोषाध्यक्ष नन्दप्रसाद रेग्मीले आर्थिक प्रतिवेदन र सचिव नवराज उपाध्ययले सहकारीको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
चुक्ता पुँजी ७८ लाख ३९ हजार एक सय ९६ रहेको सो सहकारीमा हाल ३३३ जना सेयर सदस्य रहेका छन् ।




