
लुदी दामगाडे सामुदायिक वन उपभोक्ता समितिका ३० औँ वार्षिक साधारण सभा सम्पन्न
गोरखा नगरपालिका वडा नं ८ मा रहेको लुदी दामगाडे सामुदायिक वन उपभोक्ता समूह ३० औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार वन उपभोक्ता समितिको वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
वन उपभोक्ता समूहका अध्यक्ष हरिभक्त कट्टेलको अध्यक्षता तथा गोरखा नगरपालिकाका मेयर कृष्ण राना मगरको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । सो कार्यक्रममा डिभिजन वन कार्यालय गोरखाका प्रमुख कोमलराज भट्ट, वडा अध्यक्ष ऋषि खत्री लगायत वन उपभोक्ता समूहको पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा वन उपभोक्ता समूहका सचिव गीता खत्रीले सचिव प्रतिवेदन र कोषाध्यक्ष भगिरथ केसीले कोषाध्यक्ष प्रतिवेदन प्रस्तुत गरेका थिए ।
३०१ हेक्टर क्षेत्रफलमा फैलिएको सो सामुदायिक वन क्षेत्रभित्र हाल ५३८ घरधुरी आवद्ध रहेको सचिव गीता खत्रीले बताइन् । आगामी दिनमा वन क्षेत्रमा वृक्षा रोपण र रोएिको फलपूmलको विरुवाको संरक्षणमा निरन्तरता दिने, वन क्षेत्रको खोलखोले पाखा लगायत अन्य क्षेत्रभित्र गुर्जो, सर्पगन्धा, कुरिलो, तेजपत्ता, अमला टिमुर जस्ता विरुवाहरु रोप्ने, वन क्षेत्रको संरक्षण, व्यवस्थापन, वन आगलागी नियन्त्रण कार्यक्रमलाई निरन्तरता दिने उनले बताइन् ।




