| बुधबार, कार्तिक २५, २०८३

जबरजस्ती करणी गर्ने प्रयास गरेको आरोपमा एक पुरुष पक्राउ

जबर्जस्ती करणी गर्ने प्रयास गरेको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ ।
कागतीबारी गोडमेल गर्न बोलाई जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा आरुघाट गाउँपालिका ८ इँजारागाउँका ५१ बर्षका नारायण न्यौपानेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गत शनिबार पक्राउ परेका न्यौपानेविरुद्ध सोमबार जबरजस्ती करणी उद्योग शीर्षकमा मुद्दा दर्ता गरी गोरखा जिल्ला अदालतबाट म्याद थप लिई अनुसन्धान सुरु गरेको प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्