| बुधबार, कार्तिक २५, २०८३

एम्नेष्टी इन्टरनेशनल नेपाल समूह–७६ मा लामिछाने

एम्नेष्टी इन्टरनेशनल नेपाल समूह–७६ गोरखाको २१ औ बार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ ।

शुक्रवार भएको अधिवेशनले कमल लामिछानेको संयोजकत्वमा नौ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । जसको सह–संयोजकमा मेनुका सुवेदी, सचिव एकदेव अधिकारी, कोषाध्यक्ष अच्यूत खत्री चयन भएका छन् । सदस्यहरुमा नकुल थापा, गोमा राना मगर, सिर्जना ढकाल, रामेश्वर अर्याल र बिमल श्रेष्ठ रहेका छन् ।

समूहका संयोजक रमेश अधिकारीको अध्यक्षता तथा जिल्ला समन्वय अधिकारी नानीबाबु पोखरेलको प्रमुख अतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा मानव अधिकार संजालका जिल्ला अध्यक्ष यदु अधिकारी, मानव अधिकार संगठनका दिल बहादुर बस्नेत, महिला मानव अधिकार रक्षक संजालकी सावित्री भट्ट, एमनेष्टी इन्टरनेशनल नेपालकी केन्द्रिय सदस्य बिमला वाग्ले लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्