| बुधबार, कार्तिक २५, २०८३

मानव अधिकार तथा शान्ति समाजको
२३ औ साधारणसभा सम्पन्न

मानव अधिकार तथा शान्ति समाज गोरखाको २३ औ साधारण सभा सम्पन्न भएको छ ।

शनिवार जिल्ला सदरमुकाममा भएको सभाले आगामि दिनहरुमा जिल्लाका पालिकाहरुमा लैङ्गिक हिंसा, महिला हिंसा बिरुद्धका बिभिन्न सचेतनामूलक कार्यक्रम गर्ने निर्णय गरेको छ ।

त्यस्तै दलित र अन्यायमा परेकाहरुको आवाज बुलन्द बनाउन आवश्यक समन्वय र सहयोग गर्ने पनि समाजले जनाएको छ । समाजकी जिल्ला सभापति गोमा दुवाडीको अध्यक्षता तथा केन्द्रिय उपसभापति राजेन्द्र पौडेलको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा केन्द्रीय सचिव सिताराम तिवारी, समाजका पूर्व जिल्ला सभापति यदु अधिकारी, समाजकी सदस्य जानुका अधिकारी, पार्वती अम्गाई, बालकृष्ण लामिछाने, रुस जोशी लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा समाजका जिल्ला सचिव रामचन्द्र पाण्डेले संस्थाको बार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष सुनिता कोइरालाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्