| बुधबार, कार्तिक २५, २०८३

अभद्र व्यवहार गरेको आरोपमा दुई जना पक्राउ

गोरखा नगरपालिका–९ ठिगुरेस्वाँराकी मिना पाण्डेलाई गाली गलौज तथा धाकधम्की दिई अभद्र व्यवहार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोही स्थानकी १८ बर्षीया रश्मिता पाण्डे र वडा नम्वर ११ की ३५ बर्षीया मिना अर्याल रहेको प्रहरीले जनाएको छ ।

आफूमाथि गाली गलौज तथा धाकधम्की दिई अभद्र व्यवहार गरेको भन्दै पीडितले जायरी दिएपछि उनीहरुलाई पक्राउ गरिएको डिएसपी रमेशकुमार श्रेष्ठले बताए । उनीहरु बिरुद्ध अभद्र व्यवहार शीर्षकमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्