
नेपाल समाजवादी पार्टीको संगठन निर्माण तथा विस्तार अभियान जारी
नेपाल समाजवादी पार्टीको संगठन निर्माण तथा विस्तार अभियान जिल्लामा जारी छ । अभियान अन्तरगत मंगलबार छेवेटारमा पार्टीको जिल्ला समन्वय समितिले वैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
सो वैठकले सबै नेताहरु वडा र पालिकास्तरमा केन्द्रित भएर पार्टीको अभियानमा एकरुपताका साथ लागी पर्ने निर्णय भएको पार्टीको जिल्ला समन्वय समिति अध्यक्ष यान प्रसाद भट्टले बताए । गत साउन महिनाबाट सुरु भएको अभियान आगामी पुस महिनासम्म संचालन हुने उनले जानकारी दिए ।
गोरखासहित देशभर अभियान संचालन भइरहेको र वडा तहसम्म पार्टीको संगठन बिस्तार भएको उनले बताए । सबै वडामा पार्टी कमिटी जनवर्गिय संगठन निर्माण गर्ने कार्य समेत भइरहेको उनले जानकारी दिए ।




