
गोरखा चेम्वर अफ कमर्स सौन्दर्यकर्मी तथा कस्मेटिक व्यवसायी संघमा पुनः घले
गोरखा चेम्वर अफ कमर्स सौन्दर्यकर्मी तथा कस्मेटिक व्यवसायी संघको तेस्रो साधारण सभा एवं दोस्रो अधिवेशन सम्पन्न भएको छ ।
शनिवार भएको अधिवेशनले पुनः सुस्मिता घलेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । जसको उपाध्यक्षमा आशकुमारी गुरुङ, सचिवमा सुनिता घलान, कोषाध्यक्षमा सरिता आले, सहसचिवमा अन्जना लामा चयन भएका छन् ।
सदस्यहरुमा सपना बोगटी, सोन्सिका गुरुङ, समिता मिया, कमला कुमाल, सिर्जना सुनार र मना काराखेती रहेका छन् ।
संघकी अध्यक्ष घलेको अध्यक्षता तथा गोरखा चेम्वर अफ कमर्सका अध्यक्ष भाइचन्द्र श्रेष्ठको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा डिल्लीराम भट्ट, सोन्सिका गुरुङ लगायतले मन्तव्य राखेका थिए ।




