| बुधबार, कार्तिक २५, २०८३

गोरखा–चितवन पत्रकार समाज गठन

गोरखा स्थायी घर भई चितवनमा कार्यरत पत्रकारहरुले गोरखा चितवन पत्रकार समाज गठन गरेका छन् । पुर्खौली घर गोरखा भई हाल चितवनमा पत्रकारिता कार्यमा संग्लन पत्रकारको शनिवारको भेलाले गोरखा चितवन पत्रकार समाज गठन गरेको हो ।

भेलाले नविन बाबु मरहट्टाको संयोजकत्वमा ९ सदस्यीय तदर्थ समिति बनाएको छ ।

तदर्थ समितिको सदस्यहरुमा शान्ता अधिकारी, रवि भट्ट(रोशी), लक्ष्मी ढकाल, तुलमान गुरुङ, सुनिल पराजुली, सरोज उपरकोटी, सनद अधिकारी र रवि रेग्मी रहेका छन ।

भेलाले असोज महिना भित्रमा समाजको वृहद् भेला गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्