
ओमन चेम्बर गोरखाद्वारा हरितालिका तिजको शुभकामना आदानप्रदान
नेपाल ओमन चेम्बर गोरखाले नेपाली महिलाहरूको महानपर्व हरितालिका तीजको अबसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा महिलाहरूको महान पर्व तीज लगायत सबै चाडपर्व तडकभडक रहित मनाउनलाई सबैलाई आग्रह गरेका थिए । कार्यक्रममा संस्था का उपाध्यक्ष पूर्ण कुमारी प्रधानले स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रमलाई संस्थाका कोषाध्यक्ष सर्मिला वाग्लेले सहजीकरण गरेकी थिइन् । सो कार्यक्रममा नेपाल ओमन चेम्बर गोरखा, गोरखा चेम्बर अफ कमर्श, तथा सौन्दर्यकला व्यवसायीमा आवद्ध महिलाहरुको उपस्थिति रहेको संस्थाका सहसचिव गोमा पोखरेलले जानकारी दिइन् ।
नेपाल ओमन चेम्बर गोरखाको अध्यक्ष ज्ञानु अधिकारीको अध्यक्षता र गोरखा नगरपालिका गोरखाका उपप्रमुख मसलीमाया थोकरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो कार्यक्रम मा गोरखा चेम्बर गोरखाका अध्यक्ष भाईचन्द्र श्रेष्ठ, सौन्दर्य व्यबसायी संघ गोरखाका अध्यक्ष सुस्मिता घलेले पनि शुभकामना व्यक्त गरेका थिए ।




