| बुधबार, कार्तिक २५, २०८३

गोरखामा सुस्त मनस्थिति भएकी युवतीलाई बलात्कार गरेको आरोपमा एक पक्राउ

सुस्त मनस्थिति भएकी युवतीलाई जवरजस्ती करणी गरेको आरोपमा एक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भीमसेन थापा गाउँपालिका–९ मसेलका ३५ बर्षिय राजेश सुवेदी रहेको प्रहरीले जनाएको छ ।

सुवेदीले आफ्नै घरमा युवतीलाई लगी राती जवरजस्ती करणी गरेको भन्दै पीडितका आफन्तले जायरी दिएपछि उनलाई पक्राउ गरिएको डिएसपी रमेशकुमार श्रेष्ठले बताए ।

मंगलवार पक्राउ परेका सुवेदी बिरुद्ध जवरजस्ती करणी कसुर शिर्षकमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्