| बुधबार, कार्तिक २५, २०८३

नेपाल आरोहण खेल संघको उपाध्यक्षमा गोरखाका सुनार गुरुङ

नेपाल आरोहण खेल संघ(क्लाईम्बिङ्ग स्पोर्ट एसोसिएशन)को उपाध्यक्षमा गोरखाका सुनारबहादुर गुरुङ निर्बिरोध निर्वाचित भएका छन् । शनिबार राजधानी काठमाडौँमा सम्पन्न भएको एसोसिएशनको छैठौं अधिवेशनबाट अध्यक्षमा हरिप्रसाद धरेल र उपाध्यक्षमा गोरखा लाप्राकका सुनार गुरुङ निर्बिरोध निर्वाचित भएका हुन् । त्यस्तै वरिष्ठ उपाध्यक्षमा रमेश पौडेल चयन भएका छन् ।

नेपालका प्रथम अन्तर्राष्ट्रिय पर्वतारोहण पथप्रदर्शकसमेत रहेका उपाध्यक्ष गुरुङ धार्चे गाउँपालिका वडा नं ४ लाप्राकका हुन् । कार्यसमितिको मनोनित उपाध्यक्षमा ल्हाक्पा शेर्पा, महासचिवमा सन्तोष मादेन, सचिवमा सुजित कँडेल र सन्जिब गुरुङ, कोषाध्यक्षमा कान्छी डोल्मा ह्योल्मो, सहकोषाध्यक्षमा प्रणिलमान श्रेष्ठ निर्बिरोध निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यहरुमा रामकाजी तिवारी, अशोक लामा, डोलेन्द्रराज दाहाल, मनराज सिंखडा, मन्जु गिरी, राजेश धरेल, शिवबहादुर सापकोटा निर्वाचित भएका छन् ।

एसोसिएशनले प्रमुख सल्लाहकारमा गोबिन्द भट्टराई र उपसल्लाहकारमा पिएन अधिकारीलाई मनोनित गरेको छ ।
नेपाल आरोहण खेल संघको प्रदेशस्तरमा कमिटी गठन गरेर केन्द्रीय कार्य समिति गठन गरिएको हो । संघले स्थानीय तह, जिल्ला, प्रदेश र संघसँग समन्वय गरेर रक क्लाइम्बिङ लगायतका सहासिक खेल संचालन गर्ने बताइएको छ ।

नेपाल राष्ट्रिय खेलकुद परिषदअन्तरगत रहेको यसले संघले स्थानीय तह स्तरीय रक क्लाइम्बिङ प्रतियोगिता आयोजना गरी जिल्ला र प्रदेशस्तरीय प्रतियोगिता हुदै राष्ट्रियस्तरका प्रतियोगिता संचालन गर्नेछ । राष्ट्रिय स्तरमा छनौट भएका खेलाडीहरु ओलम्पिक लगायतका खेलकुदमा सहभागी हुने संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्