
टेलरिङ व्यवसायी महासंघको उपाध्यक्षमा सोम, गण्डकी प्रदेश महासंघको अध्यक्षमा बालकृष्ण
नेपाल टेलरिङ ब्यवसायी महासंघको उपाध्यक्षमा सोम अच्छामी सर्वसम्मत चयन भएका छन् । शनिबार राजधानी काठमाडौँमा सम्पन्न दोस्रो राष्ट्रिय महाधिवेशनबाट अछामी केन्द्रीय उपाध्यमा निर्विरोध चयन भएका हुन् ।
त्यस्तै सोही महाधिवेशनबाट गण्डकी प्रदेशको अध्यक्षमा गोरखाकै बालकृण्ण परियार चयन भएका छन् । महाधिवेशनबाट अछामी केन्द्रीय समितिको उपाध्यक्ष र परियार गण्डकी प्रदेशस समितिको अध्यक्षमा सर्वसम्मतले चयन भएका हुन् । त्यस्तै, महासंघको केन्द्रिय सदस्यमा गोरखाका विकासबाबु परियार सर्वसम्मत चयन भएका छन् ।
अच्छामी यसअघि महासंघको सचिव थिए भने विबासबाबु यसअघि पनि केन्द्रिय सदस्य थिए । त्यस्तै, परियार नेपाल टेलरिङ ब्यवसायी महासंघ जिल्ला शाखाको अध्यक्ष थिए ।
११ वटा जिल्ला रहेको गण्डकी प्रदेशमा हालसम्म ६ जिल्लामा कार्य समिति गठन भएको र अन्य जिल्लामा पनि छिटै गठन हुने अध्यक्ष परियारले जानकारी दिए । प्रदेश कार्य समितिको अगामी बैठकले समितिलाई पूर्णता दिने उनले बताए ।
प्रदेशको ११ जिल्ला मध्ये गोरखा, लमजुङ, कास्की, पर्वत, म्याग्दी र बागलुङमा मात्र महासंघको जिल्ला शाखा गठन भएको छ । ती जिल्लाहरुबाट करिब १ हजार व्यवसायीहरु महासंघमा आबद्व भएको पनि अध्यक्ष परियारले जानकारी दिए ।




