
लायन्स क्लब अफ दरौदीको पद हस्तान्तरण कार्यक्रम सम्पन्न
लायन्स क्लब अफ दरौदी गोरखाको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । गोरखा सदरमुकाममा आइतबार एक कार्यक्रमका बीच क्लवको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बर्ष २०२२÷०२३ का अध्यक्ष रमेश विष्टबाट २०२३÷०२४ का अध्यक्ष कमलनारायण श्रेष्ठलाई ग्याबेल प्रदान गरेर पद हस्तान्तरण गरिएको थियो ।
आइतबार चयन भएको नयाँ कार्य समितिको निवर्तमान अध्यक्ष रमेश विष्ट, प्रथम उपाध्यक्ष मोहन श्रेष्ठ, द्वितीय उपाध्यक्षमा रामचन्द्र पाण्डे र तृतीय उपाध्यक्षमा सुशील अधिकारी चयन भएका छन् । समितिको सचिवमा गिरिशबावु बस्नेत र कोषाध्यक्षमा हरिमानसिं बस्नेत चयन भएका छन् ।
गोरखा नगरपालिकाका मेयर कृष्णबहादुर राना मगरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उपमेयर मसलीमाया थोकर, डिष्ट्रीक गभर्नर चन्द्रकुमार केसी, लायन्स ३२५ आईका पूर्व अध्यक्ष रामबहादुर बसेलले कार्यक्रममा शुभ कामना ब्यक्त गरेका थिए ।




