| बुधबार, कार्तिक २५, २०८३

लिगलिगकोट परिसरमा वृक्षारोपण

पालुङ्टारको ऐतिहासिक स्थल लिगलिगकोट परिसरमा मंगलवार वृक्षारोपण गरिएको छ ।

लिगलिगकोट बिकास अभियान र लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ जे नेपालको संयुक्त आयोजनामा वृक्षारोपण भएको हो ।

यसअघि सल्लाको रुख मात्र रहेको सो क्षेत्रमा बिभिन्न रङ्गिन फूलका बिरुवाहरु रोपिएको लिगलिगकोट बिकास अभियानका अध्यक्ष संजीव रानाले बताए ।

कार्यक्रममा वडा नम्वर २ का अध्यक्ष कृष्णबहादुर थापा मगर, अभियानका अध्यक्ष संजीव राना, क्लबका गभर्नर हरिप्रसाद मरहट्टा लगायत क्लवका पदाधिकारी र स्थानीयहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्