
मनकामना मन्दिर प्राङ्गगणमा रक्तदान कार्यक्रम
मनकामना मन्दिर प्राङ्गगणमा रक्तदान कार्यक्रम भएको छ । लायन्स क्वल अफ मनकामनाको आयोजनामा सोमबार मन्दिर प्राङ्गणमा वृहद रक्तदान कार्यक्रम भएको हो ।
लायन बर्ष २०२३÷२४ को प्रारम्भसंगै क्लबबाट सकारात्मक कामको थालनी गर्ने उद्देश्यले भएको कार्यक्रममा ५९ जनाले रक्तदान गरेका थिए ।
कार्यक्रममा क्लबको चार्टर्ड प्रेसिडेन्ट बिनय मल्ल, ब्लड डोनेसन चिफ अनिलरत्न तुलाधर, लक्ष्मी राई, लक्ष्मण जोशी, रिजन– ई चेयर पर्सन बाबुराम श्रेष्ठ, जोन –१० चेयर पर्सन ऋृषी के सी, डिपार्टमेन्ट चिफ सुरेन्द्र कुमार श्रेष्ठ, सिनियर एड्भाईजर शिव खनाल लगायतको उपस्थिति रहेको थियो ।
रक्तदान कार्यक्रममा सहयोग गर्ने लायन्स क्लव अफ काठमाडौ क्लड सर्कल र लायन्स काठमाडौ सोसियल सर्कलको साथै मनकामना क्षेत्र विकास समिति, माई मनकामना बचत तथा ऋण सहकारी संस्था, योङ् जेनेरेशन क्लब अफ मनकामना, मनकामना केबलकार र स्थानीय जनसमुदायलाई क्लवले धन्यवाद व्यक्त गरेका छन् ।




