
सरस्वती मन्दिर परिसरमा वृक्षारोपण
गोरखा नगरपालिका–८ रानिवनको सरस्वती मन्दिरस्थित आश्रम परिसरमा वृक्षारोपण गरिएको छ ।
लायन्स क्लव अफ गोरखा, लायन्स क्लव अफ गोरखा कालिका र लियो क्लव अफ गोरखाको संयुक्त आयोजनामा शनिबार वृक्षारोपण गरिएको हो ।
रुद्राक्ष, अमला, कपुर, धुपी, तेजपत्ता, टिमुर लगायतका गरी एक सय ५० भन्दा बढी विरुवा रोपिएको कार्यक्रम संयोजक तथा लायन्य क्लव अफ गोरखाका द्धितीय उपाध्यक्ष अयोध्या जोशीले बताए ।
लायन्स क्लव अफ गोरखाका अध्यक्ष भगवानबाबु मास्के तथा लायन्स क्लव अफ गोरखाका डिष्ट्रिक ३२५ जे नेपालका चिफ एडभाइजर अच्युतलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा लायन्स क्लब अफ गोरखा कालिकाका अध्यक्ष कमला श्रेष्ठ, लियो क्लव अफ गोरखाका अध्यक्ष मोहन श्रेष्ठ, रिजन चेयरपर्सन चन्दनबाबु खत्री, जोन चियरपर्सन यम बसेल लगायतले मन्तव्य राखेका थिए ।




