| बुधबार, कार्तिक २५, २०८३

गोरखामा चोरी मुद्दाका फरार अभियुक्त पक्राउ

चोरी मुद्दाका फरार अभियुक्त ‘दिपेश’ भनिने राकेश मजकोटी पक्राउ परेका छन् ।

गोरखा नगरपालिका –८ घर भएका २१ बर्षीय उनलाई वुधवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

जिल्ला अदालत गोरखाले उनलाई ९ दिन कैद र सात हजार जरिवाना तोकेको थियो ।

त्यस लगत्तै उनी फरार भएका थिए । पक्राउ परेका मजकोटीलाई बिहिबार सजायँ भुक्तानका लागि कारागार पठाइएको डिएसपी रमेशकुमार श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्