
धुवाकोटमा अस्थायी प्रहरी पोष्ट स्थापना
पालुङटार नगरपालिका–८ धुवाकोटमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । टटलेचौरस्थित महिला समूहको भवनमा पोष्ट स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
उक्त पोष्टमा प्रहरी बरिष्ठ हवल्दारको कमाण्डमा ६ जना प्रहरी कर्मचारी कार्यरत रहेको डिएसपी रमेशकुमार श्रेष्ठले बताए ।
उक्त पोष्टको वुधवार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । कार्यक्रममा इलाका प्रहरी कार्यालय ठाटीपोखरीका प्रहरी निरिक्षक सुरेन्द्र तामाङ, वडा नम्वर ८ का अध्यक्ष होप बहादुर नेपाली, बुद्धिजिवी, समाजसेवी लगायतको उपस्थिती रहेको थियो । प्रहरी प्रधान कार्यालयबाट स्वीकृत लिएर पोष्ट स्थापना गरिएको डिएसपी श्रेष्ठले जानकारी दिए ।




